१५ प्रहरी ‘सम्पर्कविहीन’

हिमाल प्रेस १० माघ २०८१ ७:१९ | Thursday, January 23, 2025
१५ प्रहरी ‘सम्पर्कविहीन’

काठमाडौँ- नेपाल प्रहरीका १५ प्रहरी २ महिनादेखि सम्पर्कविहीन बनेका छन्। प्रहरी प्रमुख कार्यालयले मंसिरदेखि सम्पर्कविहीन रहेका १५ जना प्रहरी कर्मचारीलाई सम्पर्कमा आउन अनुरोध गरेर बिहीबार सूचना जारी गरेको छ।

आफूखुशी गैरहाजिर रहनेहरूमा जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत प्रहरी हवलदार रघुनाथ हजाम, ताप्लेजुङको प्रहरी चौकी थेचम्बुमा कार्यरत सहायक हवलदार धनबहादुर कार्की, जाजरकोटको इलाका प्रहरी कार्यालय दल्लीमा कार्यरत सहायक हवलदार चेतन महतारा छन्।

हवलदार र सहायक हवलदार मंसिरदेखि गैरहाजिर रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। अन्य प्रहरी जवान, प्राविधिक प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी छन्। जिल्ला प्रहरी परिसर काठमाडौंमै कार्यरत प्रहरी जवान रूपक साउद असोजदेखि सम्पर्कविहीन छन्।

प्रकाशित: १० माघ २०८१ ७:१९ | Thursday, January 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast