हालान्ड सन् २०३४ सम्मै सिटीमा रहने

हिमाल प्रेस ५ माघ २०८१ ११:१२ | Saturday, January 18, 2025
हालान्ड सन् २०३४ सम्मै सिटीमा रहने एर्लिङ हालान्ड

म्यान्चेस्टर सिटीका स्ट्राइकर एर्लिङ हालान्ड आगामी १० वर्ष म्यान्चेस्टर सिटीमा रहने भएका छन्। उनले केही दिनअघि मात्रै सन् २०३४ सम्म सिटीमै रहने सम्झौता गरेका छन्।

नर्वेजियन हालान्ड सन् २०२२ मा डर्टमुन्डबाट छाडेर सिटी आएका थिए। उनको यसअघिको अनुबन्ध २०२७ मा अन्त्य हुँदै थियो। नयाँ सम्झौता उनको ३४ औँ जन्मदिनसम्म कायम रहने छ।

यो प्रिमियर लिगको इतिहासकै लामो सम्झौता हो। यसअघि चेल्सीका कोल पाल्मरले गत अगस्टमा ९ वर्ष लामो सम्झौता गरेका थिए। सिटीबाट हालसम्म हालान्डले १२६ खेल खेल्दा १११ गोल गरेका छन्।

प्रकाशित: ५ माघ २०८१ ११:१२ | Saturday, January 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast