हलमा लागे ‘फिरफिरे फिरिरी’, ‘एक्टर’ र ‘आजाद’

हिमाल प्रेस ४ माघ २०८१ ११:५७ | Friday, January 17, 2025
हलमा लागे ‘फिरफिरे फिरिरी’, ‘एक्टर’ र ‘आजाद’

काठमाडौँ- माघ ४ देखि हलमा दुई नेपाली र एक हिन्दी  फिल्म ‘फिरफिरे फिरिरी’, ‘एक्टर’ र ‘अजाद’ प्रदर्शन भइरहेको छ।

‘फिरफिरे फिरिरी’ हरर र कमेडी जनरामा बनेको छ। फिल्म नवीन भट्टले निर्देशन गरेका हुन्। उनको यो डेब्यु निर्देशित फिल्म हो। निर्देशक भट्टसहित सन्दिप श्रेष्ठको कथा लेखन छ।

फिल्ममा मनोज कुमार अधिकारी, सन्दिप श्रेष्ठ, भावना उप्रेती, शंकर सेढाई, पिटर प्रिन्स, रबिना केसी, पुष्प अवस्थी, सूर्यमान लिम्बूलगायत कलाकारको अभिनय छ। सन्दीप र भावनाले यही फिल्मबाट नेपाली रजतपटमा डेब्यु गरेका छन्। बिन्दबासिनी क्रियसनको ब्यानरमा बनेको फिल्मका निर्माता मनोज कुमार अधिकारी हुन्।

‘एक्टर’ प्रेम कथामा आधारित छ। मदन घिमिरेको निर्देशनमा बनेको फिल्ममा प्रिन्स थापा, कशिस दाहाल, सरोज खनाल, शिवु शाह, मनिषा पाण्डे, निशा केसी भण्डारी, महेन्द्र मैनालीलगायत कलाकारको अभिनय छ। पत्रकार मनोहरी थापा निर्माता रहेको फिल्ममा नेपाल डाइस्पोरा इन्टरटेनमेन्टको प्रस्तुति छ।

हिन्दी  फिल्म  ‘अजाद’ का निर्देशक अभिशेष कपुर हुन्। एक्सन एड्भेञ्चर र ड्रामा जनरामा बनेकाे फिल्ममा अजय देवगन, आमान देवगन राशा थाडानीलगायत कलाकारकाे अभिनय छ। यसबाहेक हलमा नेपाली फिल्म ‘कार्साङ’, ‘पूर्ण बहादुरको सारङ्गी’, ‘गेम चेञ्जर’, ‘पुष्पा’ चलिरहेकाे छ।

प्रकाशित: ४ माघ २०८१ ११:५७ | Friday, January 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast