स्वास्थ्य बिमाका लागि राहतदेखि बालविकास शिक्षकसम्मलाई निवेदन पेस गर्न आग्रह

हिमाल प्रेस ११ माघ २०८१ ८:५० | Friday, January 24, 2025
6
SHARES
स्वास्थ्य बिमाका लागि राहतदेखि बालविकास शिक्षकसम्मलाई निवेदन पेस गर्न आग्रह

काठमाडौँ- शिक्षा विकास निर्देशनालय डोटीले सामुदायिक विद्यालयमा कार्यरत महिला शिक्षकका स्वास्थ्य बिमा कार्यक्रममा सहभागी हुन आवेदन पेस गर्न मंगलबार सूचना जारी गरेको छ।

शिक्षा विकास निर्देशनालयको आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत कार्यक्रम अनुसार प्रदेशका सामुदायिक विद्यालयमा कार्यरत महिला शिक्षकका लागि स्वास्थ्य बिमा गरि निःशुल्क स्वास्थ्य सेवामा पहुँच पुर्‍याउन प्रतिव्यक्ति दुई हजारका दरले स्वास्थ्य बिमा कार्यक्रम संचालन गर्न लागिएको हो।

गत मंसिर २ गते प्रकाशित सूचना बमोजिम तोकिएका सामाजिक विकास कार्यालयहरूमा महिला शिक्षकहरूको पर्याप्त निवेदन नपरेकाले उक्त स्वास्थ्य बिमा कार्यक्रममा विविध कारणले सहभागी हुन नसकेका महिला शिक्षक (स्थायी, दरबन्दीमा रहेका अस्थायी करार, राहत र बाल विकास शिक्षक समेत) ले सम्बन्धित जिल्लाको सामाजिक विकास कार्यालयहरूमा यही माघ २२ गतेसम्म निवेदन पेस गर्न आग्रह गरिएको छ।

यस्ताे छ विस्तृत जानकारी

प्रकाशित: ११ माघ २०८१ ८:५० | Friday, January 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast