सेलिब्रेसन पार्टीमा घोषणा गरियो ‘पूर्ण बहादुरकाे सारङ्गी २’

हिमाल प्रेस १३ माघ २०८१ १८:२८ | Sunday, January 26, 2025
सेलिब्रेसन पार्टीमा घोषणा गरियो ‘पूर्ण बहादुरकाे सारङ्गी २’

काठमाडौँ- फिल्म ‘पूर्ण बहादुरकाे सारङ्गी २’ निर्माण हुने भएको छ। बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा आज (आइतबार) भएको ‘पूर्णबहादुरको सारंगी’को सेलिब्रेसनका अवसरमा यो फिल्मको सिक्वेल निर्माणको घोषणा भएको हो।

सेलिब्रेसन पार्टीका अवसरमा सेभेजन सिजले पूर्णबहादुरको सारंगीको सिक्वेलसँगै ‘रोल नं. १’ पनि बनाउने घोषणा गरेको छ।

‘पूर्ण बहादुरकाे सारङ्गी’ सर्वाधिक हिट फिल्म बन्न सफल भएको छ। फिल्मले ८४ दिनमा नेपाल र विदेशमा गरी ७५ करोडमाथिको कलेक्सन गरेको छ। नेपालमा मात्रै ४८ करोड ४ लाख कमाएको निर्माण टिमले जनाएको छ।

प्रकाशित: १३ माघ २०८१ १८:२८ | Sunday, January 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast