सेयर बजार २६ सय अंकमाथि

हिमाल प्रेस ६ माघ २०८१ १५:२७ | Sunday, January 19, 2025
सेयर बजार २६ सय अंकमाथि

काठमाडौँ- सेयर बजार आइतबार १२ अंकले बढेको छ। साताको पहिलो कारोबार दिन बजार परिसूचक १२.५८ अंकले बढेको हो। योसँगै समग्र बजार परिसूचक २६०१.२१ को विन्दुमा उक्लिएको छ।

१७१ कम्पनीको सेयर मूल्य बढेको छ। ६८ कम्पनीको सेयर मूल्य घटेको छ। बोट्लर्स नेपाल (बालाजु) लिमिटेडको सेयर मूल्यमा सकारात्मक ‘सर्किट ब्रेक’ लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ। विन नेपाल लघुवित्त, सामलिङ पावर कम्पनी, नेपाल रिपब्लिक मिडिया कमाउनेमा शीर्ष स्थानमा रहे।

यस दिन ६ अर्ब २५ करोड ७२ लाख ३५ हजार ६२४ रुपैयाँबराबरको सेयर किनबेच भयो। एक करोड २९ लाख ८२ हजार ६१९ कित्ता सेयर खरिद–बिक्री भएको हो।

समूहगत सूचकतर्फ होटेल तथा पर्यटन, म्युचअल फन्ड तथा व्यापारको सेयर मूल्य घट्यो। बाँकी समूहको सेयर मूल्य बढ्यो। फाइनान्स समूह २.३२ प्रतिशत तथा म्यानिफ्याक्चरिङ एन्ड प्रोसेसिङ सेयर मूल्य २.५७ प्रतिशतले बढ्यो।

प्रकाशित: ६ माघ २०८१ १५:२७ | Sunday, January 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast