सेयर बजारमा हरियाली

हिमाल प्रेस १५ माघ २०८१ १५:५९ | Tuesday, January 28, 2025
सेयर बजारमा हरियाली सेयर बजार
काठमाडौँ-  नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ। मंगलबार नेप्से २४.५० अंकले वृद्धि भई दुई हजार छ सय ५७.७७ को बिन्दुमा कायम भएको हो।  मंगलबार  तीन सय २५ कम्पनीको एक करोड ९६ लाख ८० हजार एक सय ९५ कित्ता सेयर ९५ हजार ९७ पटक खरिदबिक्री हुँदा  नौ अर्ब ४० करोड २६ लाख ७८ हजार ३३ बराबरको कारोबार भएको छ।

सबै समूहको उपसूचक हरियो देखिएको छ। सबैभन्दा धेरै विकास बैंक समूह ४. ०७ प्रतिशतले बढेको छ। बैंकिङ ०.२२, वित्त १.८८, होटल तथा पर्यटन ०.६८, जलविद्युत् १.४९ र लगानी समूह एक प्रतिशतले बढेको छ।

जीवन बिमा ०.०८, उत्पादन तथा प्रशोधन १.२३, लघुवित्त ०.४८, म्युचुअल फन्ड ०. १२, निर्जीवन बिमा ०.२८, व्यापार ०. २४ र अन्य समूह १‍.७४ प्रतिशतले बढेको छ।

चारवटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड, सिक्लेस हाइड्रोपावर लिमिटेड, थ्रीस्टार हाइड्रोपावर लिमिटेड र जानकी फाइनान्स कम्पनी लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेको हो। सबैभन्दा धेरै घट्नेमा डोल्टी पावर कम्पनी लिमिटेडको सेयर मूल्यमा ८.४३ प्रतिशतको गिरावट देखिएको छ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै सप्तकोसी डेभलपमेन्ट बैंक लिमिटेडको ३८ करोड २१ लाख ३२ हजार एक सय ८७ बराबरको सेयर किनबेच भएको छ। कारोबार भएका सेयर संख्याका आधारमा सबैभन्दा धेरै एनआईसी एसिया ग्रोथ फन्ड–२ को १० लाख तीन हजार तीन सय कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित: १५ माघ २०८१ १५:५९ | Tuesday, January 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast