सुनचाँदीको मूल्य बढ्यो

हिमाल प्रेस १८ माघ २०८१ ११:१६ | Friday, January 31, 2025
सुनचाँदीको मूल्य बढ्यो फाइल तस्बिर

काठमाडौँ- सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। प्रतितोला सुनको मूल्य दुई हजार तीन सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६२ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य प्रतितोला ३० बढेर एक हजार नौ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार सोही परिमाणको चाँदी एक हजार आठ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित: १८ माघ २०८१ ११:१६ | Friday, January 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast