काठमाडौँ- सुनचाँदीको मूल्य बढेको छ। सुनको मूल्य प्रतितोला एक हजार तीन सय र चाँदी ५० ले बढेको छ।
बिहीबार प्रतितोला एक लाख ५६ हजार छ सयमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ५७ हजार नौ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँले बढेको छ। आज स्थानीय बजारमा चाँदी प्रतितोला एक हजार आठ सय ८० मा कारोबार भइरहेको भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा भने सुनको मूल्य घटेको छ। आज अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुनको मूल्य दुई हजार सात सय १४ दशमलव ९८ अमेरिकी डलरमा कायम भएको छ।
प्रकाशित: ४ माघ २०८१ ११:३६ | Friday, January 17, 2025
प्रतिक्रिया



