 
                             
                                            काठमाडौँ- नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। सुनको मूल्य गत बुधबारदेखि बढेकाे हाे।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५४ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार छापावाल सुन प्रतितोला एक लाख ५३ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै,आज चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार चाँदी प्रतितोला एक हजार आठ सय ४० रुपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रुपैयाँ बढेको हो।
                            प्रकाशित: २६ पुष  २०८१ ११:२२ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 