सुक्खा पहिरोले कोशी राजमार्ग अवरुद्ध

हिमाल प्रेस ४ माघ २०८१ १८:११ | Friday, January 17, 2025
सुक्खा पहिरोले कोशी राजमार्ग अवरुद्ध फाइल तस्बिर।

सङ्खुवासभा- कोशी राजमार्गअन्तर्गत यहाँको भोटखोला गाउँपालिका-३, सोम्बुङडाँडामा सुक्खा पहिरो झरेको छ। आज (शुक्रबार) दिउँसो सुक्खा पहिरो झरेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

पहिरो खसेपछि खाँदबारीबाट भोटखोलाको च्याम्ताङ जाने यातायातका साधन सञ्चालन हुन नसकेको जिल्ला प्रहरीका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए।

करिब ३५ मिटर माथिबाट खसेको सुक्खा पहिरोले २० मिटरभन्दा बढी कच्ची सडक अवरुद्ध पारेको छ। इलाका प्रहरी कार्यालय हटिया गोलाबाट गएको प्रहरी टोली र स्थानीयवासीले पहिरो पन्छाउने प्रयास गरिरहेको छ।

भोटखोला गाउँपालिकाको केन्द्रबाट पहिरो गएको स्थान नौ किलोमिटर दूरीमा पर्छ।

प्रकाशित: ४ माघ २०८१ १८:११ | Friday, January 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast