 
                             
                                            काठमाडौँ- शास्त्रीय संगीतमा एक खुट्टाले नृत्य गरेर पहिचान बनाएकी सीता सुवेदीकाे स्वरमा ‘सत्य राम राम’ बोलको गीत सार्वजनिक भएको छ। गीतमा सुवेदीलाई गायक प्रताप दासले साथ दिएका छन्।
मानकाजी शाक्यको शब्द रहेको गीत प्रेमकथामा आधारित छ। गीतमा नृत्याङ्गना तथा गायिका सीताले नै संगीत भरेकी छन्। लोक शैलीमा प्रस्तुत गरिएको गीतमा पवन रानाभाटको संगीत संयोजन छ।
करन साउदले निर्देशन गरेको गीतको भिडियो निलकण्ठ सुवेदीले छायांकन गरेका हुन्। भिडियोमा गायिका सीतासहित रविना थापा, प्रकाश दुरा, अशोक पङ्गेनीलगायत कलाकारको अभिनय छ। गीत सीता सुवेदीको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हाे।
यस्तो छ गीत
                            प्रकाशित: १९ पुष  २०८१ ११:३६ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                             ![हाम्रो समाजले अशक्तलाई ‘तिमी प्रयास गर’ भन्नै सक्दैन : सीता सुवेदी [अन्तर्वार्ता]](https://himalpress.com/wp-content/uploads/2024/07/sita_subedi.png) 
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 