क्षमापूजापछि तेह्र वर्षपछि पलायो पानी

हिमाल प्रेस १७ माघ २०८१ १३:०७ | Thursday, January 30, 2025
क्षमापूजापछि तेह्र वर्षपछि पलायो पानी

सिन्धुपाल्चोक- इन्द्रावती गाउँपालिका-५ सिपा धुसेनीस्थित नयाँपानीमा पानी पलाएको छ। प्रत्येक बाह्र वर्षको अन्तरालमा हिउँदमा पानी पलाउने गरेको थियो। त्यही सिलसिलामा यसवर्ष यहाँ पानी पलाएको हो।

अघिल्लो वर्ष पानी पलाउनु पर्ने भएपनि नपलाएपछि नयाँपानी संरक्षण समितिले क्षमापूजा गरेको थियो। क्षमा पूजापछि नयाँपानी क्षेत्रमा बुधबार पानी पलाएको सो वडाका वडाअध्यक्ष शशिनाथ आचार्यले बताए।

पानी पलाएपछि स्थानीयवासी हर्षित भएका छन्। यहाँ पानी पलाएपछि गाउँघरमा विभिन्न रोग नष्ट हुने विश्वास गरिन्छ। नयाँपानीमा प्रत्येक बाह्र वर्षमा मेला लाग्ने गरेको छ।

प्रकाशित: १७ माघ २०८१ १३:०७ | Thursday, January 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast