सहिद परिवारको माझमा कमल थापाको संकल्प : राप्रपा नेपाललाई बलियो बनाउँछु

हिमाल प्रेस १७ माघ २०८१ ८:०६ | Thursday, January 30, 2025
सहिद परिवारको माझमा कमल थापाको संकल्प : राप्रपा नेपाललाई बलियो बनाउँछु

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपा नेपाललाई मुलुकको राष्ट्रिय राजनीतिमा बलियो राष्ट्रबादी प्रजातान्त्रिक शक्ति बनाएरै छाड्ने संकल्प गरेका छन्।

सहिद दिवसको अवसरमा पार्टीद्वारा आज काठमाडौंमा आयोजित स्मृति दिवस कार्यक्रममा बोल्दै थापाले राष्ट्रियता र प्रजातन्त्रको निमित्त जीवन उत्सर्ग गर्ने शहिदहरुप्रती श्रद्धा सुमन प्रकट प्रकट गरे। विचार र सिद्धान्त अंगीकार गरेको आधारमा धेरै साथीले जीवन गुमाएको चर्चा गर्दै थापाले सहिदहरुको सपना पूरा गर्न आफूले आगामी दिनमा निश्काम कर्म गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।

देशलाई अहिले बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको जरुरी भएको र व्यवस्था र अवस्था परिबर्तन गर्न आन्दोलन आवश्यक भएको बताउदै थापाले त्यसको लागि विचार मिल्नेहरु सबै एकै ठाउँमा आउनुपर्नेमा जोड दिएको समेत बताए।

अत्यन्तै संकटपूर्ण घडीमा राप्रपा नेपाललाई तत्कालीन अबस्थामा उठाउन महत्त्वपूर्ण भूमिका र योगदान दिनुहुने नेताहररुको स्मरण गर्दै थापाले उहाँहरुको आत्माको शान्तिको लागि पनि विचार र सिद्धान्त केन्द्रित भएर काम गर्नुपर्नेमा उनको जोड थियो।

प्रकाशित: १७ माघ २०८१ ८:०६ | Thursday, January 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast