सहिदकै देनका कारण देश स्वतन्त्र र समृद्ध बन्यो : उपराष्ट्रपति

हिमाल प्रेस १६ माघ २०८१ ६:५६ | Wednesday, January 29, 2025
सहिदकै देनका कारण देश स्वतन्त्र र समृद्ध बन्यो : उपराष्ट्रपति

काठमाडौँ- उपराष्ट्रपति रामसहायप्रसाद यादवले स्वावलम्बी अर्थतन्त्रसहित सामाजिक तथा आर्थिक रुपमा सबल, सुदृढ र विकसित मुलुक निर्माणका लागि सहिदको साहस सबैका लागि प्रेरणा भएको उल्लेख गरेका छन्।

सहिद दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले मुलुकको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, समावेशिता, सबैखाले विभेद्को अन्त्य, संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि जीवन उत्सर्ग गर्ने सहीदहरुलाई स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरे ।

उपराष्ट्रपति यादवले नेपालको पवित्र धर्तीमा कैयौंँ महान सपूतहरुरवीरवीरंगनाहरुले जन्म लिएका र उनीहरुले लोकतन्त्र, समानता, पहिचान, सहअस्तित्व, सदाचार, सद्व्यवहार, समान अधिकारका लागि प्राणको आहूति दिएको बताए। उनले सहिदहरूले हामीलाई एउटा स्वतन्त्र, समृद्ध र शान्त नेपाल निर्माण गर्न प्रेरणा प्रदान गरेको उल्लेख गरे ।

प्रकाशित: १६ माघ २०८१ ६:५६ | Wednesday, January 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast