सहकारी ठगी प्रकरण : छविलाई ५० लाख धरौटीमा छाड्न अदालतको आदेश

हिमाल प्रेस ७ माघ २०८१ १७:२३ | Monday, January 20, 2025
सहकारी ठगी प्रकरण : छविलाई ५० लाख धरौटीमा छाड्न अदालतको आदेश छविलाल जोशी

काठमाडौँ- काठमाडौँको कालीमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पूर्वडिआइजी छविलाल जोशीलाई ५० लाख धरौटीमा छाड्न आदेश भएको छ।

काठमाडौँ जिल्ला अदालतले उनलाई ५० लाख धरौटीमा छाड्न आदेश दिएको अदालतका श्रेस्तेदार तीर्थराज भट्टराईले जानकारी दिए। जोशी कास्की जिल्ला अदालतमा परेको सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा ८८ लाख धरौटी बुझाएर छुटेका थिए।

ढिला गरी काठमाडौँ अदालतमा उपस्थित भएका उनीविरुद्धको मुद्दामा काठमाडौँ जिल्ला अदालतले ५० लाख धरौटीमा छाड्न आदेश दिएको हो। सोही प्रकरणमा रास्वपाका सभापति रवि लामिछाने कास्कीमा ६५ लाख र काठमाडौँमा ६० लाख बैंक ग्यारेन्टी धरौटी तिरेर रिहा भइसकेका छन्।

उनीहरूविरुद्ध रुपन्देहीमा मुद्दा दर्ता भइरहेको छ भने चितवनमा दर्ता प्रक्रिया चलिरहेको छ।

प्रकाशित: ७ माघ २०८१ १७:२३ | Monday, January 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast