सरकार मुलुकमा शान्ति सुरक्षा कायम राख्न दृढ छ : गृहमन्त्री लेखक

हिमाल प्रेस ७ माघ २०८१ १८:२८ | Monday, January 20, 2025
सरकार मुलुकमा शान्ति सुरक्षा कायम राख्न दृढ छ : गृहमन्त्री लेखक

मोरङ- गृहमन्त्री रमेश लेखकले सरकार मुलुकमा पूर्णरूपमा शान्ति सुरक्षा कायम राख्न दृढ रहेको बताएका छन्।

आज (सोमबार) विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले अपराधजन्य काममा संलग्नलाई कानुन बमोजिम कारबाही गरिने प्रतिबद्धता व्यक्त गरे।

गृहमन्त्री लेखकले लोकतन्त्रमा पेसागत स्वतन्त्रता हुने भएकाले बहस गरेको कारण वकिल, इलाज गरेका कारण चिकित्सकलाई कुटपिट गरिनु कुनै हालतले सह्य नहुने र कुटपिटमा संलग्नलाई कानुनअनुसार कारबाही गरिने बताएका हुन्।

उनले कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापालाई केही दिन अगाडि झापामा भएको कुटपिटको घटनाको निन्दा गर्दै दोषीमाथि छानबिन गरी कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरे।

गृहमन्त्री लेखकले मुलुकमा आर्थिक र व्यावसायिक चलायमान गर्न, विदेशी लगानी भित्र्याउन, सुशासन र पारदर्शिता कायम राख्न, प्रशासन र सार्वजनिक सेवालाई चुस्त एवं दुरुस्त बनाउन सरकारले केही अध्यादेश ल्याएको स्पष्ट पारे।

उनले संविधान संशोधनको छलफल प्रारम्भ भएको बताउँदै संशोधनका विषयवस्तुको पहिचान गर्ने, संविधानको सवल र दुर्बल पक्ष पहिचान गरी राजनीतिक दलसँग छलफल एवं सहमति कायम गरी संशोधनको वैधानिक प्रक्रियामा अगाडि बढ्ने बताए।

प्रकाशित: ७ माघ २०८१ १८:२८ | Monday, January 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast