सरकारसँग संसद्को सामना गर्ने आँट छैन : माधवकुमार नेपाल

हिमाल प्रेस २७ पुष २०८१ १६:०२ | Saturday, January 11, 2025
सरकारसँग संसद्को सामना गर्ने आँट छैन : माधवकुमार  नेपाल फाइल तस्बिर।

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संसद्को सामना गर्ने आँट सरकारसँग नभएको टिप्पणी गरेका छन्। शनिबार ललितपुरमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीसँग उनले संसद्को सामना गर्ने र छलफल, बहसबाट समस्याको समाधान खोज्ने आँट सरकारसँग नरहेको टिप्पणी गरेका हुन्।

‘यो सरकारको त आँटै छैन संसद्को सामना गर्ने, छलफल, बहसबाट समस्याको समाधान खोज्ने,’ उनले भने। उनले सरकार एकदलीय शासनउन्मुख भएको समेत आरोप लगाए। हाल एकदलीय शासन र सोचको सुरुआत भएको भन्दै उनले सबैलाई प्रयोग गर्न खोजिएको जिकिर गरे।

‘यो त एकदलीय शासनमा जान खोजेको हो यो। कोही भ्रममा नपरे हुन्छ,’ उनले भने, ‘एकदलीय शासनको सोच, अभ्यास सुरु भएको छ, सबैलाई प्रयोग गर्ने हो उहाँले त।’ संसद् छलेर सरकारले अध्यादेश ल्याएको भन्दै उनले आपत्ति समेत जनाए।

प्रकाशित: २७ पुष २०८१ १६:०२ | Saturday, January 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast