सरकारको मेन्युमा पार्टी टुक्र्याउने र भत्काउने टुक्रे काम छैन : ओली

हिमाल प्रेस १८ माघ २०८१ १४:३३ | Friday, January 31, 2025
सरकारको मेन्युमा पार्टी टुक्र्याउने र भत्काउने टुक्रे काम छैन : ओली

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार कुनै दललाई टुक्र्याउन नबनेको बताएका छन्। शुक्रबार संसदको हिउँदे अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले पार्टी टुक्र्याउने र भत्काउने खुद्रे काम यो सरकारको मेन्युमा नरहेको बताए।

‘पार्टी टुक्र्याउने भत्काउने काम यो सरकारको मेन्युमा छैन, ढुक्क हुनुस्,’ ओलीले भने,‘कांग्रेस–एमालेको यति बलियो सरकारको प्राथमिकतामा यो कुरा छैन।’

संसद् प्रतिपक्षको हो भन्नु गलत भएको उनको भनाइ छ। उनले भने, ‘यहाँ सुनिन्छ संसद् प्रतिपक्षको हो भनेर। संसद प्रतिपक्षको हो भने हाम्रो के हो? संसद् सबैको हो। सरकारले बिजनेस ल्याउने हो, छलफल गर्ने हो।’

‘सरकार स्टन्टबाज भयो, सरकारले थुन्ने काम गरेको टिप्पणीहरू सुनिन्थे,’ प्रचण्ड नेतृत्वको तत्कालीन सरकारप्रति टिप्पणी गर्दै उनले भने, ‘उतिखेर सरकार सुशासनका काम नीतिगत र संरचनागत तवरबाट होइन, क्यामराअगाडि मन्त्री र अधिकारीले गर्ने एक्सन र कटबाट भइरहेको थियो। पर्दामा एउटा मञ्चन, नेपथ्यमा अर्को तारतम्य मिलाइएको हुन्थ्यो।’

यसखाले प्रवृत्ति अहिले नरहेको ओलीले दाबी गरे। उनले उद्योगी व्यवसायीको अपेक्षाभन्दा बढी कानुनमा सुधार गरिएको उल्लेख गरे।

प्रकाशित: १८ माघ २०८१ १४:३३ | Friday, January 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast