सन् २०२४ सर्वाधिक तातो वर्ष : नासा

हिमाल प्रेस २ माघ २०८१ १९:२३ | Wednesday, January 15, 2025
सन् २०२४ सर्वाधिक तातो वर्ष : नासा

काठमाडौँ– नासाका वैज्ञानिकहरूको नेतृत्वमा गरिएको विश्लेषणले सन् २०२४ मा पृथ्वीको सतहको औसत तापक्रम रेकर्ड सबैभन्दा तातो रहेको देखाएको छ।

सन् २०२४ मा विश्वव्यापी तापमान २० औँ शताब्दीको आधारभूत रेखा (सन् १९५१–१९८०) भन्दा १.२८ डिग्री सेल्सियसभन्दा माथि रहेको थियो।

नासाका प्रशासक बिल नेल्सनले भने, ‘फेरि पनि तापक्रमको रेकर्ड तोडिएको छ। सन् १८८० मा रेकर्ड राख्ने काम सुरु भएदेखि सन् २०२४ सबैभन्दा तातो वर्ष रहेको देखिएको छ।’

वैज्ञानिकहरूले हालैका दशकहरूमा तापक्रम वृद्धिका लागि कार्बन डाइअक्साइड, मिथेन र अन्य हरितगृह ग्यासहरूलाई दोष दिन्छन्।

हालैको अन्तर्राष्ट्रिय विश्लेषणका अनुसार सन् २०२२ र सन् २०२३ मा पृथ्वीले जीवाश्म इन्धनबाट कार्बन डाइअक्साइड उत्सर्जनमा कीर्तिमानी वृद्धि देख्न सकिन्छ।

वायुमण्डलमा कार्बन डाइअक्साइडको एकाग्रता बढेर लगभग ४२० भाग प्रति मिलियनमा पुगेको छ।–रासस

प्रकाशित: २ माघ २०८१ १९:२३ | Wednesday, January 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast