 
                             
                                            काठमाडौँ- नेपाल संस्कृत विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन समितिले शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलाई आइतबार मन्त्रालयमा प्रतिवेदन बुझाएको छ।
गत असारमा गठित समितिले नेपाल संस्कृत विश्वविद्यालयको दाङका विभिन्न स्थानमा अवस्थित जग्गा तथा भौतिक पूर्वाधारहरूको स्थलगत अवलोकन, विश्वविद्यालय पदाधिकारी तथा कर्मचारीसँगको छलफल तथा अन्तर्क्रिया एवं विभिन्न निकायसँगको समन्वयका आधारमा आवश्यक सूचना संकलन गरी तयार पारेको प्रतिवेदन मन्त्री भट्टराईलाई बुझाएको हो।
उच्च अदालतका पूर्वन्याधीश शेखर प्रसाद पौडेल संयोजक रहेको उक्त समितिका सदस्यहरूसमेत उपस्थित भई संयोजकले मन्त्रीलाई प्रतिवेदन हस्तान्तरण गरे।
संयोजक पाैडेलले जग्गाको अभिलेख व्यस्थित गर्न तथा सम्पत्ति संरक्षण गर्न स्थानीय सरोकारवाला, राजनीतिक नेतृत्व र विश्वविद्यालयको सक्रिय भूमिका आवश्यक पर्ने विचार व्यक्त गरे।
मन्त्री भट्टराईले प्रतिवेदन तयार गर्ने संलग्न सबैलाई धन्यवाद ज्ञापन गर्दै प्राप्त प्रतिवेदन विश्वविद्यालयका कुलपतिलाई हस्तान्तरण गरिने बताइन्।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 