फाइल तस्बिर।
काठमाडौँ– सभामुख देवराज घिमिरेले संसदीय प्रणालीभित्र दलहरूको भुमिक प्रमुख हुने बताए। आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले दलीय प्रणालीमा आधारित लोकतान्त्रिक संसदीय प्रणालीभित्र दलहरूको भुमिक प्रमुख हुने बताए।
उनले दलहरूले नै यो व्यवस्थालाई प्रभावकारी ढंगबाट स्थापित गर्ने बताए। उनले दलको भूमिकामार्फत दलीय प्रणालीमा आधारित लोकतान्त्रिक संसदीय प्रणालीको प्रवद्धन हुने जिकिर गरे।
उनले राजनीतिक दल आफैँ आम जनतालाई ठिक दिशामा लैजाने र जनताका अभिमतालई ठिक तरिकाले अभिव्यक्त गर्ने माध्यम रहेको बताए। जनताका अभिमतहरू उठाएर एउटा परिणाम दिने साधक नै राजनीतिक दल भएको बताए। लोकतान्त्रिक विधिअनुसार नबनेको राजनीतिक दलहरूमाथि प्रश्न उठ्नु स्वभाविक भएको बताए।
प्रकाशित: २८ पुष २०८१ १४:१७ | Sunday, January 12, 2025
प्रतिक्रिया




