संघीय शिक्षा ऐन यही हिउँदे अधिवेशनमा ल्याइन्छ : शिक्षामन्त्री भट्टराई

हिमाल प्रेस १५ माघ २०८१ १३:१५ | Tuesday, January 28, 2025
संघीय शिक्षा ऐन यही हिउँदे अधिवेशनमा ल्याइन्छ : शिक्षामन्त्री भट्टराई

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले संघीय शिक्षा ऐन यही हिउँदे अधिवेशनमा ल्याइने योजना रहेको बताएकी छन्।

गोरखा नगरपालिका वडा नं ८ स्थित सरस्वती माध्यमिक विद्यालयको स्वर्ण जयन्ती तथा अभिभावक दिवस समारोहलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले हाल संसद्को शिक्षा, स्वास्थ तथा सूचना प्रविधि समितिमा विचाराधीन विद्यालय शिक्षा विधेयक–२०८० संसद्को हिउँदे अधिवेशनमा लगिने र ऐन बन्ने बताइन्। अधिवेशन आगामी शुक्रबारबाट सुरु हुँदैछ।

विद्यालयमा चन्दादाता र अक्षयकोष स्थापना गरेका व्यक्तित्वहरूलाई धन्यवाद दिँदै मन्त्री भट्टराईले चन्दादान र अक्षयकोष स्थापनाको प्रयासले विद्यालयले शिक्षा विकास गर्ने दिशामा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरिन्। शिक्षामा लगानी बढाउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले अन्य मन्त्रालयसँग समन्वय गरी स्रोत अभिवृद्धिका लागि पहल गरिरहेको जानकारी दिइन्।

शिक्षक दरबन्दी वितरणलाई व्यवस्थित गर्न नयाँ नीति र सूचकमा आधारित प्रणाली लागू गर्ने तयारी भइरहेको पनि उनले समारोहमा बताइन्। त्यस्तै मन्त्री भट्टराईले विद्यालय सञ्चालनको मुख्य जिम्मेवारी स्थानीय तहको भए पनि आवश्यक परेमा स्थानीय तहलाई सघाउन संघीय सरकार तयार रहेको बताइन्।

प्रकाशित: १५ माघ २०८१ १३:१५ | Tuesday, January 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast