शिक्षामन्त्रीलाई भेटेपछि विद्यालय कर्मचारी अध्यक्षले भने : रिजल्ट राम्रो आउँछ

हिमाल प्रेस १ माघ २०८१ १०:३० | Tuesday, January 14, 2025
2
SHARE
शिक्षामन्त्रीलाई भेटेपछि विद्यालय कर्मचारी अध्यक्षले भने : रिजल्ट राम्रो आउँछ

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलाई नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारी र वरिष्ठ उपाध्यक्ष प्रदीप श्रेष्ठले सिंहदरबारस्थित शिक्षामन्त्रीको कार्यकक्षमा भेटेर आफ्ना मागमुद्दाबारे ध्यानाकर्षण गराएका छन्।

अध्यक्ष तिवारीले मन्त्री भट्टराईसँगको उक्त भेट परिणाममुखी भएको बताउँदै ढिला रिजल्ट आए पनि त्यो उपलब्धिपूर्ण हुने बताए। उनले भने, ‘विद्यालय कर्मचारीका मागमुद्दाबारे शिक्षामन्त्री विद्या भट्टराईज्यूसँग अत्यन्तै घनीभूत छलफल भएको छ।

बजेट र विद्यालय शिक्ष विधेयककेन्द्रित छलफल भयो। रिजल्ट आउन समय लागे पनि अवश्य राम्रो आउँछ।’

त्यसैगरी अध्यक्ष तिवारीले आम विद्यालय कर्मचारीको प्रयास खेर नजाने पनि बताए। सामुदायिक विद्यालयका झन्डै ४० हजार विद्यालय कर्मचारी लामोसमयदेखि समयोचित तलब, दरबन्दी, पेसागत स्थायित्व, सामाजिक सुरक्षालगायत दर्जनौँ माग लिएर सरकारको ध्यानाकर्षण गराउँदै आएका छन्।

प्रकाशित: १ माघ २०८१ १०:३० | Tuesday, January 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast