वैदेशिक रोजगारीको प्रलोभनमा एक करोड बढी रकम ठगी गरेको अभियोगमा चार पक्राउ

हिमाल प्रेस १५ माघ २०८१ १३:४१ | Tuesday, January 28, 2025
वैदेशिक रोजगारीको प्रलोभनमा एक करोड बढी रकम ठगी गरेको अभियोगमा चार पक्राउ
काठमाडौँ- वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा चारजना पक्राउ परेका छन्।सल्यानको छत्रेश्वरी गाउँपालिका–६का सुनिल दसौदी,काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–५का विकाश दवाडी,गोरखा शहीदलखन गाउँपालिका–७ घर भएका सुरेन्द्र विक र काठमाडौँको गोकर्णेश्वर नगरपालिका–८ निवासी २४ वर्षीया विशाखा पौडेललाई ठगेको अभियोगमा पक्राउ गरिएको केन्द्रीय प्रहरीले जनाएको छ।

अभियुक्त दसौदीले सर्विया पठाइदिन्छु भन्दै २२ लाख ३८ हजार, दवाडीले जापान पठाइदिने भनेर  दुई जनाबाट तीन लाख, विकले सुरेन्द्रले अमेरिका पठाइने वहानामा ९७ लाख ५४ हजार र पौडेलले कुवेत पठाइदिन्छु भन्दै एक लाख ६० हजार ठगेका थिए।

अभियुक्तमध्ये दवाडी, पौडेल र दसौदीलाई वैदेशिक रोजगार विभाग तथा विकलाई जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ।

यसैबीच, अनलाइन जुवा खेलाएको अभियोगमा रामेछाप खाँडादेवी गाँउपालिका-९ का ४८ वर्षीय राजप्रकाश श्रेष्ठ र नुवाकोट विदुर नगरपालिका-१३ का  २३ वर्षीय हरिचन्द्र भुजेल पक्राउ परेका छन्।

उनीहरूले हालसम्म दुई करोड ४१ हजार ६ सय ३६  बराबरको कारोबार गरेका प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ। साथै प्रहरीले उनीहरूबाट नगद ९० हजार, चार थान मोबाइल सेट, सिपियु एक थान कम्प्युटर, ५९ वटा सिमकार्ड,  विभिन्न ब्याङका २७ थान एटिएम कार्ड र सात थान चेकबुक बरामद गरेको छ। उनीहरूलाई पनि जिल्ला प्रहरी परिसर काठमाडौँ चलान गरिएको छ।

प्रकाशित: १५ माघ २०८१ १३:४१ | Tuesday, January 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast