विश्वविद्यालयले अनुसन्धानलाई बढी प्राथमिकता दिनुपर्छ : शिक्षामन्त्री भट्टराई

हिमाल प्रेस ९ माघ २०८१ १६:३१ | Wednesday, January 22, 2025
विश्वविद्यालयले अनुसन्धानलाई बढी प्राथमिकता दिनुपर्छ : शिक्षामन्त्री भट्टराई

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले खुला विश्वविद्यालय उच्च शिक्षामा भौगोलिक तथा अन्य कारणबाट उच्च शिक्षा हासिल गर्न पहुँच नपुगेका युवाहरूलाई लक्षित गर्दै स्थापना भएको हुनाले आधारभूत केन्द्रको विस्तार गरी पहुँच वृद्धि गर्नुपर्ने बताएकी छन्।

सोमबार नेपाल खुला विश्वविद्यालयको नवौं सभामा कुलपतिको हैसियतमा सभाको अध्यक्षता गर्दै उनले विश्वविद्यालयले अनुसन्धानलाई बढीभन्दा बढी प्राथमिकता दिई उच्च जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिइन्।

सभामा बोल्दै सभा सदस्य तथा राष्ट्रिय योजना आयोगको शिक्षा सदस्य गीता कुमारी पौडेल अधिकारीले विश्वविद्यालयले अनलाइन मोड्युललाई बढावा दिन, महिला तथा अपाङ्गाता भएकाहरूलाई आफ्ना शैक्षिक कार्यक्रममा प्राथमिकतासाथ समावेश गर्नुपर्ने बताइन्।

सभामा उपकुलपति प्रा.डा. शिलु मानन्धर बज्राचार्यले नीति तथा कार्यक्रम, प्रगति एवम् कार्ययोजना पेस गरेकी थिइन् भने रजिस्ट्रार डा.गोविन्द सिंह विष्टले आर्थिक प्रगति, योजना बजेट तथा कार्यक्रम पेस गरेका थिए।

सभामा अन्य सभासद्हरूले पेस भएका नीति तथा कार्यक्रम, कानुन संशोधन र योजनाहरूमा आफ्ना विचार र सुझावहरू राखेका थिए।

प्रकाशित: ९ माघ २०८१ १६:३१ | Wednesday, January 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast