विश्वकप खेलेको युवा खेलाडी समेटेर क्यानले बनायो टिम

हिमाल प्रेस १४ माघ २०८१ ७:०४ | Monday, January 27, 2025
विश्वकप खेलेको युवा खेलाडी समेटेर क्यानले बनायो टिम

काठमाडौँ- आगामी शुक्रबारदेखि त्रिवि क्रिकेट मैदानमा हुने त्रिदेशीय शृंखलाका लागि नेपाल क्रिकेट एसोसिएसन (क्यान)ले १५ सदस्य टोली बनाएको छ।

 इन्दु वर्माको कप्तानीमा टिम निर्माण गरिएको हो। टोलीमा पूर्वकप्तान रुविना क्षेत्री, पूर्व उपकप्तान सीता राना मगर, फास्ट बलर कविता कुँवर छन्। भर्खरै यू १९ टी २० विश्वकप खेलेर फर्केका पूजा महतो र एलिसाकुमारी यादव पनि समेटिएका छन्।

उपकप्तान बिन्दु रावल, रेवती धामी, सम्झना खड्का, ममता चौधरी, राजमती ऐरी, कविता जोशी, रोमा थापा, मनिसा उपाध्याय र ईश्वरी विष्ट छन्। नेपालले नेदरल्यान्ड्स र थाइल्यान्डसँग टी २० शृंखला खेल्न लागेको हो।

प्रकाशित: १४ माघ २०८१ ७:०४ | Monday, January 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast