विपन्न परिवारको आवासका लागि ८० घर निर्माण

हिमाल प्रेस ९ माघ २०८१ १३:०४ | Wednesday, January 22, 2025
विपन्न परिवारको आवासका लागि ८० घर निर्माण

उदयपुर- त्रियुगा नगरपालिकाले नगरभित्रका गरिब तथा विपन्न परिवारका लागि ८० घर तथा आवास गृह निर्माण गरेको छ।

त्रियुगा–२ खैजनपुर, वडा नं ३ को मोतिगडा, वडा नं ४ को बगाहा, वडा नं ५ को देउरी र जलजले, वडा नं ७ को चुहाडेसहितका स्थानमा विपन्न परिवारका लागि ८० घर निर्माण गरिएको नगरपालिकाले जनाएको छ।

नगर प्रमुख वसन्तकुमार बस्नेतका अनुसार तत्कालका लागि ८० घर तथा आवास भवन निर्माण सम्पन्न गरिसकिएको र बाँकी पनि निर्माणकार्य धमाधम भइरहेका छन्। करीब एक भवन बराबर पाँच लाख मूल्यको लागानीमा स्थानीय बाँस प्रयोग गरेर ‘केमिकल’ प्रयोग गरी भूकम्प प्रतिरोधात्मकसहितका भवन तथा आवस गृह निर्माण गरिएको प्रमुख बस्नेतले बताए।

नगरपालिकासँग साझेदारी संस्था ह्वाबिट्याट फर ह्युमानिटिजसँगको साझेदारीमा भवन निर्माण भइरहेको नगरपालिकाले जनाएको छ। उक्त आवास गृहमा विद्युत्, व्यवस्थापन, भान्सासहितको व्यवस्थापन गरेर आवास गृह निर्माण गर्ने कार्य भइरहेको पनि नगरपालिकाले जनाएको छ।

नगपालिकाभित्रका झण्डै २५० विपन्न परिवारका लागि तत्काल आवास व्यवस्थापनको गर्न यस्तो कार्य तीव्ररुपमा अगाडि बढाइएको नगर प्रमुख बस्नेतले बताए।

प्रकाशित: ९ माघ २०८१ १३:०४ | Wednesday, January 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast