 
                             
                                            काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईसँग शैक्षिक सुधारका लागि सहयोग माग गरिएको छ।
प्रतिनिधिसभाका सांसद अच्युतप्रसाद मैनाली, निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरी, निजगढ नगरपालिकाअन्तर्गत गौरीशंकर माध्यमिक विद्यालयका प्रध्यानाध्यापक तथा उक्त पालिकाका अन्य प्रतिनिधिले शिक्षामन्त्रीलाई आइतबार भेट्दै शैक्षिक सुधारका विषयमा छलफल गरे।
गौरीशंकर माध्यमिक विद्यालय उक्त क्षेत्रमा उदाहरणीय रहेको तथा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएकोले कुरा उनीहरूले मन्त्रीलाई बताउँदै उक्त विद्यालयमा प्राविधिक कक्षा सञ्चालनका लागि सहयोगका लागि अनुरोध गरे।
खेलकुद विद्यार्थीको स्वास्थ्यसँगसमेत जोडिने विषय भएकोले विद्यालयमा खेलकुदको विकासका लागि खेलकुद मन्त्रालयसँगसमेत समन्वय गरी राष्ट्रपति रनिङ शिल्डलगायत खेलकुद कार्यक्रमका लागि मन्त्रालयबाट थप बजेटको व्यवस्थापन गर्न अनुरोध गरे।
उक्त भेटमा शिक्षामन्त्रीले प्राविधिक तथा व्यवसायिक शिक्षासम्बन्धी छुट्टै विधेयक तयार भइरहेको र उक्त विधेयकबाट प्राविधिक शिक्षाका अधिकांश विषय सम्बोधन हुने धारणा राखिन्।
मन्त्री भट्टराईले शिक्षा क्षेत्रमा विद्यमान समस्या समाधानका लागि आफ्नो नेतृत्वमा मन्त्रालयले धेरै कामहरू गरिरहेको र यसको नतिजा देखिन केही समय लाग्ने बताइन्।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
 