विकासको गतिरोध चिर्न अध्यादेश आएको हो : मन्त्री पाण्डे

हिमाल प्रेस ५ माघ २०८१ १७:३६ | Saturday, January 18, 2025
विकासको गतिरोध चिर्न अध्यादेश आएको हो : मन्त्री पाण्डे

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले विकास निर्माणमा भएका गतिरोध चिर्न सरकारले अध्यादेश ल्याएको बताएका छन्।

छोटोछोटो समयमा हुने सरकार परिवर्तनले नेपालको विकासलाई खण्डित गरेका कारण दुई ठूला दल मिलेर सरकार निर्माण गरेको बताउँदै उनले विकासको गतिरोध चिर्न अध्यादेश ल्याएको दाबी गरे।

बुढीगण्डकी जलविद्युत् आयोजनाको डुबानमा पर्ने धादिङको नरसिंहधामको संरक्षणको बारे आयोजित कार्यक्रम बोल्दै उनले यस्तो बताएका हुन्।

बुढीगण्डकी सरकारले उच्च महत्व दिएको जलविद्युत आयोजना मध्ये एक भएकाले आयोजना सफल हुने उनका भनाइ थियो। नरसिंह धामको संरक्षणका लागि एक अर्ब ५० करोडको लागतमा धाम क्षेत्रलाई सिसा भित्र राख्ने योजना आगाडी सारिएको थियो।

मन्त्री पाण्डेले यो योजना नेपालको लागि नयाँ भएकाले विस्तृत अध्ययनपछि मात्र यो विषय टुंगो लागाउने बताए।

प्रकाशित: ५ माघ २०८१ १७:३६ | Saturday, January 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast