वामदेव एमालेमा भित्रिँदै

हिमाल प्रेस ९ माघ २०८१ ६:२० | Wednesday, January 22, 2025
वामदेव एमालेमा भित्रिँदै

काठमाडौँ- नेकपा एमालेले पार्टी एकता अभियानका नेता वामदेव गौतमसँग थप छलफल गरेर सहकार्य गर्ने निर्णय गरेको छ ।

मंगलबार बालुवाटारमा बसेको एमाले सचिवालय बैठकले नेता गौतमसँग छलफल गर्दै जाने र उपयुक्त समयमा गौतम नेतृत्वको अभियानलाई पार्टीमा समाहित गर्न सकिनेबारे छलफल भएको एमाले नेताहरुले जनाएका छन् ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले नेता वामदेव गौतमसँग सहकार्यका लागि ढोका खुलेको भन्दै आगामी दिनमा आवश्यक गृहकार्य गरेर पार्टीमा भित्र्याउन थप गृहकार्य गर्दै अघि बढ्न सकिनेबारे छलफल भएको बताए।

प्रकाशित: ९ माघ २०८१ ६:२० | Wednesday, January 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast