प्रकाशमान सिंह 
                                            महोत्तरी- उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सहमतिमै संविधान संशोधन गर्नुपर्नेमा जोड दिएका छन्।
नेपाली कांग्रेसका नेता सिंहले आज बर्दिवासमा सरकार संविधान संशोधन गर्ने सहमतिका साथ गठन भएको बताउँदै सबै दलसँग पर्याप्त छलफल र गृहकार्य गर्ने बताएका हुन्। उपप्रधानमन्त्री सिंहले स्थिर सरकारले नै मुलुकलाई विकास निर्माणको मार्गमा अग्रसर हुन योगदान गर्ने बताए।
‘यो सरकार प्रतिनिधिसभाको अर्को निर्वाचनसम्म रहनेछ’,उनले भने,‘वर्तमान सरकार बनेयता आमजनमानसमा अब बीचमा सरकार ढाल्ने र बन्ने खेल नहुने आश जागेको छ।’
                    
                            प्रकाशित: २० पुष  २०८१ १३:२८ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             

