वर्डक्याम्प नेपाल २०२५ काठमाडौँमा हुँदै

हिमाल प्रेस २६ पुष २०८१ १४:२४ | Friday, January 10, 2025
वर्डक्याम्प नेपाल २०२५ काठमाडौँमा हुँदै

काठमाडौँ- वर्डक्याम्प नेपालको २०२५ संस्करण काठमाडौँमा हुने भएको छ। वर्डप्रेस काठमाडौँको आयोजनामा चैत २२ र २३ गते दुईदिने वर्डक्याम्प नेपाल २०२५ कुन्डलिनी दरबारमा हुन लागेको हो। कार्यक्रममा वर्डप्रेसलाई आफ्नो कार्यक्षेत्रमा प्रयोग गर्नेहरु, वर्डप्रेस विशेषज्ञहरु तथा वर्डप्रेस जान्न उत्सुकहरु सहभागी हुन सक्ने आयोजकले जनाएको छ।

सन् २०१२ देखि नेपालमा वर्डक्याम्प आयोजना हुँदै आएको छ। वर्डक्याम्प वर्डप्रेससम्बन्धी विश्वव्यापी रूपमा आयोजना हुने अन्तर्राष्ट्रिय कार्यक्रम हो।

वर्डप्रेससँग सम्बन्धित विभिन्न विषयबारे जानकारी दिने, प्रशिक्षण गराउने साथै आपसी सहयोग तथा सहकार्य बलियो बनाउन वर्डक्याम्पले महत्त्वपूर्ण भूमिका खेल्ने आयोजकले जनाएको छ। कार्यक्रममा नेपाल, भारत,बंगलादेश, अमेरिका, युरोपेली मुलुकहरु जस्ता विभिन्न राष्ट्रबाट स्वदेशी तथा विदेशी सहभागीहरुको उपस्थिति हुनेछन्।

यसअन्तर्गत अन्तर्क्रियात्मक कार्यशालाहरू, प्रेरणादायी वक्ताहरूको प्रस्तुति, नेटवर्किङ अवसरहरू लगायत रहने वर्डप्रेस काठमाडौँले जनाएको छ। उक्त सम्मेलनका लागि चाँडै अनलाइन दर्ता प्रक्रिया खुला हुने बताइएको छ।

प्रकाशित: २६ पुष २०८१ १४:२४ | Friday, January 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast