वरिष्ठ अधिवक्ता त्रिपाठीलाई कुटपिट गर्ने थप एक पक्राउ

हिमाल प्रेस ७ माघ २०८१ १३:०१ | Monday, January 20, 2025
वरिष्ठ अधिवक्ता त्रिपाठीलाई कुटपिट गर्ने थप एक पक्राउ

काठमाडौँ- वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गरेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ। प्रहरीले झापा जिल्ला बुद्ध शान्ति गाउँपालिका-४ घर भई हाल काठमाडौँ महानगरपालिका-३२ शान्तिनगर बस्ने ५५ वर्षीया शितल राई भन्ने सीतादेवी राईलाई प्रहरीले पक्राउ गरेको हो।

राईलाई शान्ति नगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। पक्राउ परेका राईमाथि प्रहरी वृत्त सिंहदरबारबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले राईसहित कुटपिटमा संलग्न तीन जनालाई पक्राउ गरेको छ। यसअघि यो घटनामा संलग्न रहेको आरोपमा दोलखा तामाकोशी गाउँपालिका-१ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका-५ टिकाथली बस्ने ललितकुमार केसी र हुम्ला अदानचुली गाउँपालिका-४ घर भई काठमाडौँ सूर्यदर्शन हाइट बस्ने ३२ वर्षीय महेन्द्र पाण्डे भन्ने महानन्द जैसी पक्राउ परेका छन्।

पक्राउ परेकाहरूमाथि ज्यानमार्ने उद्योग कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अभियुक्त रहेको सहकारी ठगीसम्बन्धी मुद्दामा सहकारीपीडितको पक्षबाट बहस गरेर बाहिरिने क्रममा माघ २ गते त्रिपाठीमाथि काठमाडौँ जिल्ला अदालत परिसरभित्र कुटपिट भएको थियो।

प्रकाशित: ७ माघ २०८१ १३:०१ | Monday, January 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast