वरिष्ठ अधिवक्ता त्रिपाठीले दिए प्रहरीमा उजुरी

हिमाल प्रेस ३ माघ २०८१ १७:१० | Thursday, January 16, 2025
वरिष्ठ अधिवक्ता त्रिपाठीले दिए प्रहरीमा उजुरी दिनेश त्रिपाठी

काठमाडौँ- वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आफूमाथि कुटपिट गर्ने व्यक्तिमाथि उजुरी दिएका छन्। त्रिपाठीले प्रहरी वृत्त सिंहदरबारमा बिहीबार उजुरी दर्ता गराएका हुन्।
आफूमाथि ज्यानमार्ने उद्योग र आपराधिक उपद्रो भएकाले उजुरी दर्ता गराएको त्रिपाठीले बताए।

‘प्रहरी वृत्त सिंहदरबारमा उजुरी दर्ता गराएको छु, कुटपिटमा संलग्न व्यक्तिलाई खोजतलास गरी कारबाही गर्ने माग उजुरीमा गरेको छु,’ उनले भने, ‘एक जना पक्राउ परिसकेका छन्, अन्यलाई पनि प्रहरीले कानुनी दायरामा ल्याउछ भन्ने विश्वास छ।’

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि बुधबार काठमाडौँ जिल्ला अदालत परिसरमा हातपात भएको थियो। सहकारीपीडितका पक्षबाट बहस गरेर फकिँदै गर्दा उनीमाथि आक्रमण भएको थियो।

नेपाल बार, सर्वोच्च अदालत बार, काठमाडौँ जिल्ला अदालतबार, डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) लगायतका संस्थाहरूले त्रिपाठीमाथि भएको हमलाको अनुसन्धान गरेर दोषीलाई कारबाही गर्न माग गरेका छन्।

प्रकाशित: ३ माघ २०८१ १७:१० | Thursday, January 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast