 प्रतिनिधिमूलक तस्बिर
                              प्रतिनिधिमूलक तस्बिर
                                            बाँके- वन्यजन्तुको आक्रमणबाट यहाँको राप्तीसोनारी गाउँपालिका–८ ओभरीका ६७ वर्षीया चेती बुढाथोकीको ज्यान गएको छ।
शमशेरगञ्ज सबडिभिजन कार्यालयका वरिष्ठ वन अधिकृत मनोज शर्माका अनुसार आज (बुधबार) भवती सामुदायिक वनमा दाउरा काट्न गएकी बुढाथोकीलाई वन्यजन्तुले आक्रमण गरी मारेको हुन सक्ने अनुमान गरिएको छ ।
‘मृतकको टाउको नै नभएको अवस्थामा फेला परेको हुनाले हामीले बाघ वा चितुवामध्ये कुनै एक वन्यजन्तुले मारेको हुन सक्ने आशंका गरेका छौँ,’ उनले भने, ‘मृतक चेतीलाई वन्यजन्तुले आक्रमण गर्दै गरेको कसैले नदेखेको हुनाले ठ्याक्कै बाघले नै मारेको भन्न सकिँदैन वा चितुवाले नै मारेको भन्न सकिँदैन। यसको फरेन्सिक जाँच भयो भने मात्र हामीले तथ्यका आधारमा भन्न सक्छौँ।’
वरिष्ठ वन अधिकृत शर्माका अनुसार आज (बुधबार) दिउँसो ३ बजेको समयमा पूर्वपश्चिम राजमार्गदेखि एक किमी पूर्वी भागमा लतारिएको अवस्थामा मृतक चेतीको शव भेटिएको थियो।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 