ल्होसारजस्ता पर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाउँछ : राष्ट्रपति

हिमाल प्रेस १७ माघ २०८१ ६:२७ | Thursday, January 30, 2025
ल्होसारजस्ता पर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाउँछ : राष्ट्रपति राष्ट्रपति रामचन्द्र पाैडेल

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले सोनाम ल्होसारजस्ता पर्वले बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्।

तामाङ समुदायको पर्व सोनाम ल्होसारका अवसरमा शुभकामना व्यक्त गर्दै उनले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होसारजस्ता पर्वहरूबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन्।

‘सोनाम ल्होसार पर्वले सबै नेपालीबीचको एकतालाई अझ सुदृढ गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माण गर्नका लागि अघि बढ्न सबैलाई ऊर्जा प्रदान गरोस् भन्ने कामना गर्दछु’, राष्ट्रपति पौडेलले भनेका छन्।

प्रकाशित: १७ माघ २०८१ ६:२७ | Thursday, January 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast