 तस्बिरः मार्कस ड्रिंकवाटर/ अनाडोलु एजेन्सी
                             तस्बिरः मार्कस ड्रिंकवाटर/ अनाडोलु एजेन्सी
                                            त्रिपोली (रासस/सिन्ह्वा)- आप्रवासीका लागि अन्तर्राष्ट्रिय संगठन (आईओएम) ले गत हप्ता लिबियाको तटबाट ४९३ आप्रवासीलाई उद्धार गरिएको मंगलबार जनाएको छ।
जनवरी ५ र जनवरी ११ को बीचमा ४९३ जना आप्रवासीलाई लिबिया फर्काइएको आईओएमले एक विज्ञप्तिमार्फत् जानकारी गराएको छ।
आप्रवासीमा ४७ महिला र १७ बालबालिका रहेका छन् भने तीन आप्रवासीको शव फेला परेको आईओएमले जनाएको छ।
सन् २०२४ मा २१ हजार ७६२ आप्रवासीहरूलाई उद्धार गरी लिबिया फर्काइएको थियो। त्यसमध्ये ६७४ को मृत्यु र एक हजार १५ जना भूमध्य मार्गमा हराएका थिए।
                            प्रकाशित: १ माघ  २०८१ १८:३५ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                             


 
  
  
  
  
  
  
  
  
  
 