लमजुङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का

हिमाल प्रेस २७ पुष २०८१ १२:४३ | Saturday, January 11, 2025
लमजुङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का

काठमाडौँ- आज बिहान लमजुङ केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ५ बजेर २७ मिनेट जाँदा लमजुङ केन्द्रविन्दु भएर भूकम्प गएको छ।

लमजुङको खुदी भन्ने स्थानलाई केन्द्र बनाएर गएको भूकम्प ३.६ म्याग्निच्युड  रहेको केन्द्रको भनाइ छ।

यसअघि पुस १६ गते बैतडी केन्द्रविन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यस्तै, पुस १८ गते सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको थियो। १९ गते मनाङ केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो। सोही दिन मुगुमा ४.४ म्याग्निच्युडको भूकम्प गएको थियो।

प्रकाशित: २७ पुष २०८१ १२:४३ | Saturday, January 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast