रोकिराखेको बसमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

हिमाल प्रेस १ माघ २०८१ १५:५६ | Tuesday, January 14, 2025
रोकिराखेको बसमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

काठमाडौँ- काठमाडौँ महानगरपालिका ३२ स्थित आकाशे पुल नजिक पार्किङ्ग गरी राखेको बा ३ ख ४८६५ नम्बरको बसमा बा ५२ प ३३०५ नम्बरको मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु भएको छ। गएराति भएको उक्त दुर्घटनामा मोटरसाइकल चालक सिन्धुपाल्चोक घर भई भक्तपुरको सूर्यविनायक बस्ने ४० वर्षीय राम तामाङको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: १ माघ २०८१ १५:५६ | Tuesday, January 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast