 सांकेतिक तस्बिर।
                             सांकेतिक तस्बिर।
                                            रुकुम पश्चिम- रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा रूखले च्यापेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
घर निर्माणमा प्रयोग हुने रूख काट्न गएका बेला च्यापेर आज आठबिसकोट–१० झिन्चौरका ५१ वर्षीय वीरबहादुर शाहीको मृत्यु भएको वडाध्यक्ष गणेशकुमार शाहले जानकारी दिए। शाहीको घटनास्थलमै मृत्यु भएको हो।
उनले सोही वडाका ३५ वर्षीय प्रेमराज कुसारी घाइते भएका बताउँदै घाइतेको आठबिसकोट नगर अस्पतालमा उपचार भइरहेको जानकारी दिए।
छ कुसारी र शाही विद्युतीय रूख काट्ने उपकरण (आरा मेसिन) प्रयोग गरेर घरमा प्रयोग हुने दार बनाउन जंगल गएका थिए। रासस
                            प्रकाशित: ५ माघ  २०८१ ७:३० 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 