रासायनिक मलको समस्या समाधान गर्न ६३ अर्ब चाहिन्छ : कृषिमन्त्री अधिकारी

हिमाल प्रेस ३ माघ २०८१ १४:०५ | Thursday, January 16, 2025
रासायनिक मलको समस्या समाधान गर्न ६३ अर्ब चाहिन्छ : कृषिमन्त्री अधिकारी रामनाथ अधिकारी

काठमाडौँ- कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले रासायनिक मलको समस्या समाधान गर्न बजेट अभाव भएको बताएका छन्।

नेपाली कांग्रेसका शीर्ष नेता र मन्त्रीहरूबीच बिहीबार भएको छलफलमा आफ्नो मन्त्रालयको ब्रिफिङ गर्दै अधिकारीले रासायनिक मलको समस्या समाधान गर्न ६३ अर्ब रुपैयाँ चाहिने बताएका हुन्।

हाल रासायनिक मलका लागि २७ अर्ब ९५ करोड रुपैयाँ मात्र विनियोजन भएको छ। उनले यो रकमले पाँच लाख मेट्रिक टन मल मात्र खरिद गर्न पुग्ने बताए। अहिलेको बजेटले किसानका माग धान्न नसकिने उनको भनाइ छ। ‘२७ अर्ब ९५ करोडले पाँच लाख मेट्रिक टन मल आयात भइरहेको छ। अहिलेको माग धान्न करिब ६३ अर्ब चाहिन्छ,’उनले भने।

छलफलमा उनले कृषि मन्त्रालयलाई काम गर्न अर्थ मन्त्रालयले सहज गरिदिनुपर्ने बताए। कृषिमा सुधार प्रयास भइरहे पनि अर्थमन्त्री फरक पार्टीको हुँदा बजेट माग्न समस्या भइरहेको अधिकारीले बताए। ‘कृषिमा धेरै समस्या छन् समाधान गर्न सरकारसँग पार्टीले पनि विषेश योजना बनाउनुपर्छ,’ उनले भने।

प्रकाशित: ३ माघ २०८१ १४:०५ | Thursday, January 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast