राष्ट्रिय मुक्ति पार्टीले गठन गर्‍यो सात सदस्यीय कार्यदल

हिमाल प्रेस १४ माघ २०८१ १६:३७ | Monday, January 27, 2025
राष्ट्रिय मुक्ति पार्टीले गठन गर्‍यो सात सदस्यीय कार्यदल राजेन्द्र महतो । फाइल तस्बिर

काठमाडौँ- राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालले मोर्चा निर्माणका लागि अन्य दलसँग संवाद गर्न कार्यदल गठन गरेको छ।

मधेश केन्द्रित राजनीतिक शक्ति तथा राजनीतिक मुद्दा र सिद्धान्त मिल्नेहरूबीच वृहत् संयुक्त मोचा निर्माणका लागि वार्ता र संवाद गर्न राष्ट्रिय मुक्ति पार्टीले सात सदस्यीय कार्यदल गठन गरेको हो।

रामनरेश रायको संयोजकत्वमा गठन भएको कार्यदलमा सुमन सायमी, केशव झा, सन्तोषकुमार मेहता, अनिलकुमार महासेठ, सीएन थारू र जुनतारा पुन मगर सदस्य छन्।

आदिवासी जनजातिसमेतको पहिचानका लागि संघर्षरत शक्ति, मधेश केन्द्रित राजनीतिक शक्ति, सभ्यता संस्कृति पुनःस्थापन एवं सुशासन समृद्धिलगायत देशमा अग्रगामी परिवर्तनका लागि संघर्षरत शक्ति तथा राजनीतिक मुद्दा र सिद्धान्त मिल्नेहरू बीच वृहत् संयुक्त मोर्चा निर्माणका लागि वार्ता र संवाद गर्न कार्यदल गठन गरिएको अध्यक्ष राजेन्द्र महतोले बताएका छन्।

हिमाल, पहाड, तराई–मधेशका सम्पूर्ण उत्पीडित समुदायहरू एकतावद्ध भई बहुल राष्ट्रिय राज्य नेपाल निर्माणका लागि स्वदेशीय सभ्यता र संस्कृति पुनः स्थापना तथा क्रान्तिका लागि राष्ट्रिय मुक्ति क्रान्ति अपरिहार्य रहेको उनको भनाइ छ।

परिणामूखी संघर्षका लागि वर्तमान राजनीतिक शक्तिहरू बीच संवाद, सहकार्य, कार्यगत एकता तथा एकीकरण गरी वृहत् शक्ति निर्माण गर्नु आजको आवश्यकता रहेको उनको भनाइ छ।

अध्यक्ष महतोले पहिचान, समृद्धि, सुशासन र स्वाभिमानयुक्त नेपाल निर्माणका लागि सबै उत्पीडित समुदाय गोलबन्द भई साझा संघर्षमा उत्रिन अपिल गरेका छन्।

प्रकाशित: १४ माघ २०८१ १६:३७ | Monday, January 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast