काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले निर्माणाधीन काठमाडौँ-तराई मधेश द्रुतमार्ग आयोजनालाई तोकिएको समयभित्र पूरा गर्न उच्च मनोबलका साथ काम गर्न नेपाली सेनालाई निर्देशन दिएका छन्।
निर्माणाधीन सुरुङ, पुल र सडकको अवलोकन गर्दै राष्ट्रपति पौडेलले आयोजना सम्पन्न गर्न भइरहेका प्रयास र प्रयत्नबारे आवश्यक जानकारी लिए।
मुलुकका राष्ट्रिय गौरवका आयोजनामध्ये सबैभन्दा प्राथमिकतामा रहेको उक्त आयोजना सेनाको व्यवस्थापनमा निर्माण भइरहेको छ।
काठमाडौँ, ललितपुर, मकवानपुर हुँदै बाराको निजगढमा पुगेर पूर्वपश्चिम राजमार्गमा जोडिने द्रुतमार्ग निर्माणपछि मुलुकको विकास र समृद्धिमा ठूलो योगदान पुग्ने अपेक्षा राखिएको छ।
                            प्रकाशित: ४ माघ  २०८१ १३:१४ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             
                                             

