राष्ट्रपतिद्वारा निर्माणाधीन संघीय संसद् भवनको अवलोकन [तस्बिरहरू]

हिमाल प्रेस २९ पुष २०८१ १५:४१ | Monday, January 13, 2025
राष्ट्रपतिद्वारा निर्माणाधीन संघीय संसद् भवनको अवलोकन [तस्बिरहरू] निर्माणाधीन संघीय संसद् भवनको सोमबार अवलोकन गर्दै राष्ट्रपति रामचन्द्र पौडेल। तस्बिर सौजन्य : राष्ट्रपति कार्यालय

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले निर्माणाधीन संघीय संसद् भवनको अवलोकन गरेका छन्। सिंहदरबार परिसरभित्र निर्माणाधीन भवनको सोमबार राष्ट्रपति पौडेलले अवलोकन गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। सो क्रममा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालको उपस्थित रहेको थियो।

राष्ट्रपति पौडेललाई अवलोकनका क्रममा सहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलले सो भवन निर्माणमा भइरहेको प्रगतिबारे जानकारी गराएका थिए। पौडेलले भवनसम्वनधी विभिन्न जिज्ञासा राख्दै सम्बद्ध पक्षलाई यथाशक्य चाँडो सक्न निर्देशन पनि दिए।

संघीय संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभा, संसदीय समितिहरू, संसदीय दलका कार्यालयसमेत रहने गरी १२ वटा ब्लकसहितको संरचना निर्माण गरिएको छ।

१ सय ७३ रोपनी क्षेत्रमा फैलिएको परिसरको ४५ प्रतिशत भूभागमा प्रतिनिधिसभा र राष्ट्रियसभा रहनेछ। संघीय संसद भवन नहुँदा २०६४ पछि सरकारले नयाँ बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई भाडामा लिएर संसद भवनको रूपमा प्रयोग गर्दै आएको छ।

प्रकाशित: २९ पुष २०८१ १५:४१ | Monday, January 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast