राष्ट्रपतिद्वारा तीन गैरआवासीय राजदूत नियुक्त

हिमाल प्रेस २ माघ २०८१ १८:५३ | Wednesday, January 15, 2025
राष्ट्रपतिद्वारा तीन गैरआवासीय राजदूत नियुक्त फाइल तस्बिर

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले तीन राजदूतलाई गैरआवासीय राजदूत पदमा नियुक्त गरेका छन्। क्यानडाका लागि राजदूत भरतराज पौड्याललाई क्युबाका लागि, थाइल्याण्डका लागि राजदूत धनबहादुर ओलीलाई भियतनामका लागि र ब्राजिलका लागि राजदूत निर्मलराज काफ्लेलाई भेनेजुएलाका लागि गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरिएको हो।

राष्ट्रपति कार्यालयका अनुसार नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उनीहरूलाई गैरआवासीय राजदूत पदमा नियुक्त गरिएको हो।

प्रकाशित: २ माघ २०८१ १८:५३ | Wednesday, January 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast