राप्रपा र राप्रपा नेपालको चियापनमा प्रधानमन्त्री

हिमाल प्रेस २७ पुष २०८१ १७:०८ | Saturday, January 11, 2025
राप्रपा र राप्रपा नेपालको चियापनमा प्रधानमन्त्री तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओली राप्रपा र राप्रपा नेपालले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी भएका छन्।

पृथ्वीनारायण शाहको ३०३ औँ जयन्तीका अवसरमा दुवै दलले आयोजना गरेको छुट्टाछुट्टै कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी भएका हुन्।

राप्रपाले भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी भएका थिए। प्रधानन्त्री एवं नेकपा एमालेका अध्यक्ष ओलीलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेनलगायतका नेताहरूले स्वागत गरेका थिए।

त्यस्तै राप्रपा नेपालले बालुवाटारस्थित एक व्यांक्वेटमा कार्यक्रमको आयोजना गरेको थियो। चियापान कार्यक्रममा सहभागी भएका प्रधानमन्त्री ओलीलाई राप्रपा नेपालका अध्यक्ष कमल थापालगायतका नेताहरूले स्वागत गरेका थिए।

राप्रपा र राप्रपा नेपालले पृथ्वीनारायण शाहको ३०३ औँ जयन्ती विभिन्न कार्यक्रमको आयोजना गरी मनाइरहेको छ।

प्रकाशित: २७ पुष २०८१ १७:०८ | Saturday, January 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast