 राप्रपा नेपालका अध्यक्ष कमल थापा।
                             राप्रपा नेपालका अध्यक्ष कमल थापा।
                                            काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले केन्द्रीय समिति बैठक बोलाएको छ। पार्टीको प्रथम महाधिवेशनको टुंगो लगाउन राप्रपाले केन्द्रीय समिति बैठक बोलाएको हो।
सहमहामन्त्री प्रदीप कार्कीले शुक्रबार बस्ने गरी बैठक बोलाइएको जानकारी दिए।
बैठकमा मुलुकको वर्तमान अवस्था, पार्टीको साङ्गठनिक अवस्था, भावी कार्यदिशा, स्थानीय तहको अधिवेशन, भ्रातृ सङ्गठनको क्रियाशीलता प्रशिक्षण, महाधिवेशन केन्द्रित राजनीतिक अभियानबारे छलफल हुने सहमहामन्त्री कार्कीले बताए।
बैठकमा पार्टीका अध्यक्ष कमल थापाले राजनीतिक तथा महामन्त्री राजाराम बर्तौलाले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्नेछन्।
हालै तराई मधेश सम्मेलन सम्पन्न गरेको राप्रपा नेपालले यही पुस २७ गते राष्ट्रिय एकता दिवस मनाउने तयारी गरेको जानकारी पनि उनले दिए।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 