राप्रपाले सरकारविरुद्ध जनसंघर्ष सशक्त बनाउने

हिमाल प्रेस ११ माघ २०८१ १६:४८ | Friday, January 24, 2025
राप्रपाले सरकारविरुद्ध जनसंघर्ष सशक्त बनाउने

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारविरुद्धको जनसंघर्षलाई सशक्त बनाउने जनाएको छ। शुक्रबारबाट काठमाडौँमा सुरु राप्रपा केन्द्रीय कार्यसमितिको बैठकले विभिन्न माग राख्दै पार्टीले गरिरहेको आन्दोलन र जनसंघर्षलाई ठोस स्वरुप दिएर शसक्त बनाउने अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए।

बैठकमा सरकारको कार्यशैलीको समिक्षा, पार्टीका आगामी रणनीति, प्रतिपक्षको भूमिका र अन्य सहकार्य लगायतका विषयमा समेत छलफल हुने उनको भनाइ छ।

कांग्रेस–एमालेजस्ता ठूला दल मिलेर बनेको सरकारले जनतामा आशा जागृत गर्न नसकेको, निराशा पैदा भएको र अर्थतन्त्र समेत शिथिल हुदै गएको लिङ्देनले बताए। उनले सरकारले प्रजातन्त्रलाई समेत कमजोर बनाउने गरि संसदलाई छलेर अध्यादेशमार्फत मुलुक सञ्चालन गर्ने परिस्थीतिमा समेत बैठकमा समीक्षा हुने अध्यक्ष लिङ्देनले उल्लेख गरे।

त्यस्तै पार्टीको जिल्ला अधिवेशनको समिक्षा गर्दै तीव्रता दिन आवश्यक निर्देशन समेत बैठकले दिने राप्रपाले जनाएको छ । बैठक शनिबार सम्पन्न हुने बताइएको छ ।

प्रकाशित: ११ माघ २०८१ १६:४८ | Friday, January 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast