राज्यले मानव अधिकार हनन् गरिरहेको छ : सन्तोष परियार

हिमाल प्रेस ४ माघ २०८१ १७:१३ | Friday, January 17, 2025
राज्यले मानव अधिकार हनन् गरिरहेको छ : सन्तोष परियार रास्वपाका प्रमुख सचेतक सन्तोष परियार

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले राज्यपक्षले नै मानव अधिकार हनन गरिरहेको आरोप लगाएका छन्। शुक्रबार प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा संसदीय मामिला समितिको बैठकमा उनले मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन १३ प्रतिशतमात्र हुनुले राज्य मानव अधिकार रक्षाका लागि संवेदनशील नभएको स्पष्ट भएको बताएका छन्।

उनले मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनका लागि हरेक प्रकारका मेकानिजमहरुको प्रयोग गर्न जरुरी रहेको बताए। उनले आयोगले गरेका सिफारिसहरु सरकारले कार्यान्वयन गर्दैन भने देशको लोकतान्त्रिकीकरण कहिले हुन्छ भन्दै प्रश्न सोधे। उनले देशमा विधिको शासन कायम गर्न हरेक नागरिकको मानव अकिार संरक्षण गर्नुपर्ने बताए।

‘मानव अधिकार आयोगको १३ प्रतिशत सिफारिसमात्र कार्यान्वयन भएको छ। यो एकदमै डरलाग्दो कुरा हो। यो भनेको के हो भने यो राज्य मानव अधिकारको संरक्षण गर्दैन। यो राज्य नै जनताको अभिछिन्न मानव अधिकारसँग यसको संवेदनशीलता छैन भन्ने हो‚’ प्रमुख सचेतक परियारले भने, ‘मैले देखेको सबैभन्दा बढी मानव अधिकार हनन राज्यका संरचना र शक्तिबाटै हुने गरेको छ। आयोगले गरेका सिफारिसहरु सरकारले कार्यान्वयन गर्दैन भने यो देशको लोकतान्त्रिकीकरण कहिले हुन्छ?’

प्रकाशित: ४ माघ २०८१ १७:१३ | Friday, January 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast